Section 52
जरिवाना र उजूरी
(१) देहायको कुनै काम गर्ने व्यक्तिलाई “नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” दुई हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछः-
(क)दफा ४७ बमोजिम पेश गर्नु पर्ने प्रतिवेदनले तोकिएबमोजिम पेश नगरेमा वा कार्यालय वा अभिलेख निरीक्षण गर्न वा जाँच्न खटिएको कर्मचारीलाई निरीक्षण गर्न वा जाँच्न बाधा विरोध गरेमा,
(ख)दफा ४८ बमोजिम निषेध गरिएको काम गरेमा,
(ग)दफा ४९ वा ५० बमोिजम म्यादभित्र सूचना नगरेमा,
(घ) दफा ५१ बमोजिमको निर्देशनको पालना नगरेमा ।
(२) उपदफा(१)बमोजिम”नेपाल सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा नेपाल सरकार समक्ष र प्रदेश सरकारबाट इजाजत लिएका वा दर्ता भएकाको हकमा प्रदेश सरकार” ले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैंतीस दिनभित्र उच्चअदालतसमक्ष उजूरी दिन सक्नेछ ।